
काठमाडौं, १७ असार । आज दिउँसो एकाएक तारा एयरको जहाज बेपत्ता भएको भन्ने हल्ला चल्यो ।
हल्ला चल्ने बित्तिकै धेरैले यो हल्लालाई सत्य ठानेर स्टाटस सेयर गर्ने, अप्रिय घटना नहोस् भन्ने कामना गर्दै सामाजिक सञ्जालमा पोष्ट गर्न भ्याए । तर यो हल्ला गतल सावित भएको छ । जाहाज दुर्घटनामा परेको भनेर फैलाइएको सूचना गलत र भ्रमपूर्ण रहेको पाइएको हो ।
हल्लामा पोखराबाट जोमसोम जाँदै गरेको जहाज बेपत्ता भएको बताइएको थियो । तर पोखराबाट जोमसोम जाने फ्लाइट नै नभएको र मध्यान्हको समयमा जाहाज नउड्ने जानकारी दिइएको छ ।
पोखराबाट जोमसोमको लागि जहाज दिनमा नउड्ने र अहिले ताराको जहाजको जोमसोममा उडान नै नभएको तारा एयरले स्पष्ट पारेको छ ।








प्रतिक्रिया