१२ असार २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : ओली–देउवा भेटले राष्ट्रिय राजनीति तरंगित, नेताबाटै लोकतन्त्र खतरामा !

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । शनिबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको तीन घण्टा लामो छलफलले राष्ट्रिय राजनीतिमा तरंग ल्याएको छ ।

ओली–देउवाको भेटलाई नयाँ समीकरण बन्न सक्नेतर्फ आशंका गर्दै सत्तारूढ माओवादीभित्र सबैभन्दा धेरै तरंगा पैदा भएको हो । यसैबीच ओली र देउवा भेटेको २४ घण्टा नबित्दै आज सत्तारूढ तीन दलका शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली र रास्वपा सभापति रवि लामिछानेबीच छलफल भएको छ ।

के विषयमा छलफल भएको भन्ने यकिन नभएपनि ओली र देउवाबीको भेटका विषयमा छलफल भएको हुन सक्ने बताइएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–