२७ असार २०८३, शनिबार

विश्वका ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको छ : विप्लव

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल स्रोत साधन र सुन्दरताले भरिपूर्ण रहेकाले विश्वका सम्पूर्ण ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको बताउनु भएको छ ।

आइतबार नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उहाँले सम्पूर्ण ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको बताउनु भएको हो ।

उहाँले नेपालको स्रोत साधनलाई कब्जा गर्ने होडबाजी समेत निकै तीव्र ढङ्गले बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नेपाल आज एउटा पेचिलो परिस्थितिमा छ । नेपालको राष्ट्रिय स्वाधीनता विश्वको ध्रुवीकृत राजनीति र नेपालको भू–राजनीतिको कारणले निकै ठूलो दबावमा छ । हाम्रो देश स्रोत साधन र सुन्दरताले भरिपूर्ण छ । सुन्दरतामा सबैको आँखा पर्छ । सम्पूर्ण कूतत्वहरुको आँखा नेपालमा परिरहेको छ । स्रोत साधनलाई कब्जा गर्ने होडबाजी निकै तीव्र ढङ्गले बढेको छ । ’

उहाँले सिंगो समाजवादी आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने भन्दै समाजवादको यात्रा तय गर्ने आधारबारे छलफल गरेर अघि बढ्न ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो । नेकपा एस दुईवटा पूर्वप्रधानमन्त्री भएको पहिलो पार्टी रहेको र ऐतिहासिक भूमिका पूरा गरेर आएका व्यक्तित्वहरुको पार्टी भएको उहाँको भनाई छ ।