२१ असार २०८३, आइतबार

प्रचण्ड, ओली र रवीबीच सिंहदरबार छलफल

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्रीसमेत रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको छ ।

प्रधानमन्त्री र ओलीबीच छलफल चलिरहँदा रवि पनि मिसिनु भएको थियो । उहाँहरूबीच समासामायिक विषयमा छलफल भएको बताइएको छ ।

यसअघि हिजो एमाले अध्यक्ष ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच ओली निवास बालकोटमा लामो छलफल भएपछि माओवादी लगायत पार्टीमा तरंग छाएको छ ।