२९ जेष्ठ २०८३, शुक्रबार

जर्मनी युरोकपको क्वाटरफाइनलमा

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । जर्मनी जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा डेनमार्कलाई २-० गोल अन्तरले पराजित गर्दै जर्मनी प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

जर्मनीको जितमा काइ हाभेर्ट र जमाल मुसियालाले एकएक गोल गरेका थिए । यो जितपछि क्वाटरफाइनलमा अब जर्मनीले स्पेन र जर्जियाबीचको विजेतासँग खेल्ने छ ।

त्यस्तै, यो हारसँगै डेनमार्कको युरोकप यात्रा भने समाप्त भएको छ ।