२६ असार २०८३, शुक्रबार

इटालीलाई हराउँदै स्वीजरल्याण्ड युरोकपको क्वाटरफाइनलमा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । स्वीजरल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ ।

युरोकपको राउण्ड १६ को खेलमा इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै स्वीजरल्याण्ड क्वाटरफाइनलमा पुगेको हो । स्वीजरल्याण्डको जितमा रिमो फ्रेउलेर र रुबेन भार्गासले एकएक गोल गरेका थिए ।

योसँगै युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली यस वर्षको युरोकपबाट बाहिरिएको छ ।

अब क्वाटरफाइनलमा स्वीजरल्याण्डले इग्ल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्ने छ ।