७ श्रावण २०८३, बिहिबार

टी-२० विश्वकपको फाइनल : भारतले टस जितेर पहिला ब्याटिङ गर्दै

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । भारतले टी-२० विश्वकपको फाइनलमा टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।

बरबाडोसमा हुन लागेको यस फाइनलमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । योसँगै दक्षिण अफ्रिकाले पहिला बलिङ गर्ने भएको छ ।

भारत २०१४ पछि पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ भने दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ ।

फाइनल खेलका लागि दुवै देशले सेमिफाइनलमा खेलेको टिमलाई नै निरन्तरता दिँदै टिममा कुनै परिवर्तन गरेका छैनन् ।