३० असार २०८३, मंगलबार

‘न मैले लेखेँ, न उनले लेखिन्’ म्यूजिक भिडिओ सार्वजनिक

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । मानस केसीको शब्द र हिमाल सागरको आवाजमा रहेको गीत ‘न मैले लेखेँ, न उनले लेखिन्..’ म्यूजिक भिडिओ सार्वजनिक भएको छ ।

शनिरबार एक कार्यक्रमकाबीच निकेश खड्काले निर्देशन गर्नुभएको गीतको भिडिओ सार्वजनिक गरिएको हो । भिडिओमा गायक हिमाल सागरलाई नायिका केकी अधिकारीले साथ दिनुभएको छ ।

भिडिओको छायांकन ज्ञानेन्द्र शर्माले गर्नुभएको हो भने भिडिओको सम्पादन साहिल खानले गर्नुभएको छ ।

भिडिओ सार्वजनिक पछि सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै नायिका अधिकारीले असार १५ अर्थात दही चिउरा खाने दिनमा म्यूजिक भिडिओ सार्वजनिक गर्न पाउँदा खुसी लागेको भन्दै दही चिउराले शुभ संकेत लिएर आउनेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज यस्तो संयोग जुर्‍यो कि आज नै दही चिउरा खाने विषेश दिन छ । धान दिवसको उत्तिकै महत्वपूर्ण छ । हाम्रो देशका लागि सबै कुरा मिल्न गए सायद शुभ संकेत लिएर आउने छ ।’ उहाँले अब केकी अधिकारी फिल्मसमा नयाँ प्रतिभालाई प्राथमिकतामा राखेर चलचित्र निर्माण गर्ने बताउनुभयो ।