
काठमाडौं, १४ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका प्रतीक थापालाई आइतबार अदालतमा पेश गरिने भएको छ ।
पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक प्रहरीले आज काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो । भोलि शनिबार सार्वजनिक बिदा भएकाले आइतबार उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका प्रतिक अदालतबाट पक्राउ पुर्जी जारी भएको झण्डै १४ महिनामा शुक्रबार पक्राउ गर्नु भएको हो ।








प्रतिक्रिया