२ असार २०८३, मंगलबार

‘मनमा तिम्रो’ गीतमा गायिका स्वरुपा फरक अवतारमा

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । ‘मनमा तिम्रो’ बोलको गीतको भिडिओ रिलिज गरिएको छ । गायिका स्वरुपा सुवालको स्वर रहेको पप शैलीको गीतमा स्वरुपाले प्रेममा विश्वाघात गर्नेहरुसँग आफ्नो चोखो माया साट्न नसक्ने अडान लिएर अघि बढेको दृश्यलाई देखाइएको छ ।

आफूले धेरै चाहना राख्दाराख्दै पनि निष्ठुरीले परस्त्रीसँग सम्बन्ध राखेको भन्दै आफ्नो बाटो लागेको त्रिकोणात्मक प्रेम कथालाई भिडिओमा देखाइएको छ ।

गायिका स्वरुपाकै शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा राजन इशानको एरेन्ज रहेको छ । मनमा सजाएको प्रेमीले धोका दिएपनि आफ्नो जीवनको साहसिक यात्रा गर्न रुचाउने एक चेलीको कथालाई नजिकबाट देखाइएको भिडिओ सुन्दर नगरी पोखरामा छायांकन गरिएको हो । जसमा गायिका स्वयमसँग मोडल विकास लामिछानेले गज्जबको अभिनय गर्नुभएको छ ।

भिडिओमा स्वरुपासँगै विकास खुलेर प्रस्तुत हुनुभएको छ । सुब्रत आचार्यको कन्सेप्ट तथा निर्देशनमा तयार भएको भिडिओ रिलिज गरिएको छोटो समयमा नै राम्रो प्रतिक्रिया आइरहेको गायिका स्वरुपा बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘आफूले मनमा सजाएको मान्छे बिना पनि जीवन एक सम्भावना हो भन्ने कुरालाई भिडिओमा देखाउन खोजिएको हो ।’

ओएसआर डिजिटलबाट रिलिज गरिएको भिडिओको छायांकन उत्सव दाहालले गर्नुभएको हो भने भिडिओको सम्पादन विकास दाहालले गर्नुभएको हो । जसको क्रियटिभ डाइरेक्टर जया शर्मा हुनुहुन्छ ।