१९ असार २०८३, शुक्रबार

राष्ट्रिय र गैर राष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको छ : केपी ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय र गैर राष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको बताउनु भएको छ ।

शुक्रबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय र गैर राष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको भन्दै एमाले राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने अवस्थामा पुगेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘अहिलेको राजनीतिराष्ट्रिय र गैर राष्ट्रिय शक्तिबीचको प्रतिस्पर्धाको राजनीति हो । नागरिकता होल्ड गर्दैमा कोही व्यक्ति राष्ट्रवादी भैहाल्छ भन्ने छैन् । यसरी दुई धारबीचको प्रतिस्पर्धा छ । अहिले हामीले राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने अबको आवश्यकता भयो । हामी त्यस ठाउँमा पुगेका छौँ । यो शक्ति सन्तुलनको स्थिति हो सधैँ यस्तै रहन सक्दैन । जबजले यसरी रन नदिएर दक्षिणपन्थी शक्तिहरूलाई अगाडि जाने भन्दा राष्ट्रिय शक्तिलाई अगाडि बढाउने कुरामा सहज बनाउँछ ।’

अध्यक्ष ओलीले देशको अग्रगमनका लागि जननेता भण्डारीको अगुवाइमा नेकपा एमालेले जनताको बहुदलिय जनवादलाई प्रतिपादन गरेको बताउनुभयो । जनताको बहुदलीय जनवादले अझै राम्रो मौका पाउने हो भने मार्ग दर्शनको सिद्वान्त रहेको उहाँको भनाई छ ।