३१ जेष्ठ २०८३, आइतबार

सर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, १४ असार । सर्लाहीको वागमती नगरपालिका स्थित चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ ।

आज बिहान आफ्नै खेतमा काम गरिरहनु भएको अवस्थामा बागमती १ मिलनचोक घर भएकी दिल बहादुर आले मगरको श्रीमती ६४ बर्षिया गोमा आले मगरको चट्याङ लागेर मृत्यु भएको हो।

चट्याङ लागेर गम्भीर घाईते भएकी मगरको वागमतीमै सामान्य उपचार पछि थप उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लैजाँदा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।