१६ कार्तिक २०८३, सोमबार

एमालेलाई लोकप्रिय शक्तिमा स्थापित गर्न मदन भण्डारीको भूमिका अतुलनीय : मुख्यमन्त्री कँडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १४ असार । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एमालेलाई राष्ट्रीय राजनीतिको सर्वाधिक लोकप्रिय शक्तिको हैसियतमा स्थापित गर्न मदन भण्डारीले अतुलनीय योगदान गर्नु भएको बताउनु भएको छ।

मदन भण्डारी फाउडेशन कर्णाली प्रदेश कमिटीद्वारा आज वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कँडेलले मुलुक अहिले जननेता मदन भण्डारीले सार्नु भएको जनताको बहुदलीय जनवादको बाटो अघि बढिरहेको र यही बाटोबाटै समाजवादको लक्ष्यमा पुग्न सकिने धारणा राख्नुभयो।

अब मुलुकमा राजनीतिक परिवर्तनको लडाईँ समाप्त भएपनि आर्थिक समृद्विको लागि भने संघर्ष गरिरहनुपर्ने अवस्था रहेको उहाँको भनाई छ।

पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अगाडि सारेको सुखी नेपाली, समृद्व नेपालको यात्रालाई अघि बढाउने काममा पार्टीका सबै तहतप्का नेता तथा कार्यकर्ताहरू लाग्नु पर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिनुभयो ।