२ श्रावण २०८३, शनिबार

टेक तामाङको ‘एउटा जून’मा प्रह्लाद तिमिल्सिनाको स्वर

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । गायक प्रह्लाद तिमिल्सिनाको नयाँ गीत ‘एउटा जून..’ सार्वजनिक भएको छ । नेपाली फिल्मको पार्श्व गायनमा चर्चित तिमिल्सिनाको यो गीतलाई संगीतकार आलोकश्रीले संगीतबद्ध गर्नुभएको छ ।

गीतमा वरिष्ठ गीतकार टेक तामाङले मर्मस्पर्शी शब्दहरु रचना गर्नुभएको हो । गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन छ । सुशिल विक्रम शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ गर्नुभएको छ ।

गायक तिमिल्सिनाकै आधिकारिक युट्युब च्यानल प्रह्लाद तिमिल्सिनामार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडिओ पनि तयार गरिएको छ । सुव्रत आचार्यले भिडिओको निर्देशन गर्नुभएको छ भने जया शर्मा क्रिएटिभ डाइरेक्टरको रुपमा रहनुभएको छ ।

भिडिओमा ऋचा थापा तथा प्रतात पाल ठकुरीको जोडीलाई फिचर गरिएको छ । उत्सव दाहालद्वारा छायांकन गरिएको भिडिओमा विष्णु खड्काको सम्पादन तथा कलर करेक्सन छ ।

भिडिओको पोष्टरसमेत खड्काले नै डिजाइन गर्नुभएको हो । दिपेन गौतम माइकलको प्रोडक्सन डिजाइनमा तयार भएको भिडिओमा अभिनय गर्ने कलाकारहरुलाई सरस्वती श्रेष्ठले मेकअप गर्नुभएको छ ।