
काठमाडौं, १४ असार । पानामाले अमेरिकामाथि शानदार जित हासिल गरेको छ । कोपा अमेरिकाअन्तर्गत समूह ‘सी’को खेलमा पानामाले अमेरिकालाई २-१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ ।
पानामाको जितमा सेसार ब्ल्याकम्यान र जोसे फजारडोले एकएक गोल गरेका थिए ।
त्यस्तै, अमेरिकाका लागि फोलारिन बालोगनले एक गोल गरेका थिए ।
पानामाले १-० गोलले पछि परेको अवस्थमा कमब्याक गर्दै जित हासिल गरेको थियो । यस खेलमा दुवै देशका एकएक खेलाडीले रातो कार्ड पाएका थिए । खेलको १८औं मिनेटमा अमेरिकाका टिमोथी विहले रातो कार्ड पाएका थिए भने खेलको ८८औ मिनेटमा पानामाका अडालबेर्टो कारसक्वेलाले रातो कार्ड पाएका थिए ।
पानामाको यो जितपछि समूह ‘सी’ मा २ खेलमा ३ अंक हासिल गरेको छ र तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै, अमेरिकाको पनि २ खेलमा ३ अंक छ र दोस्रो स्थानमा रहेको छ ।
अब पानामाले आफ्नो समूह चरणको अन्तिम खेल जुलाई २ मा बोलिभियासँग खेल्ने छ भने अमेरिकाले सोही दिन उरुग्वेको सामना गर्ने छ ।








प्रतिक्रिया