३ श्रावण २०८३, आइतबार

भारत टी-२० विश्वकपको फाइनलमा

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । भारत टी-२० विश्वकपको फाइनलमा पुगेको छ ।

गएराति सम्पन्न सेमिफाइनलमा इंग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो ।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६.४ ओभरमा १०३ रन बनाएर अलआउट भएको थियो ।

यसअघि भारतले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्ने भएको छ । फाइनल खेल शनिबार राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।