२८ असार २०८३, आइतबार

टीआरसीका बाँकी बुँदामा सहमति खोज्न तीन दल सहमत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका बाँकी बुँदामा सहमति खोज्न दलहरू सहमत भएका छन् ।

आज बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीचको बैठकले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा रहेको विधेयकलाई अगाडि बढाउने र बाँकी बुँदामा सहमति खोज्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुनमन्त्री पदम गिरीले जुन जुन बुँदामा सहमति भएको छैन तिनीहरूलाई निष्कर्षमा पुर्याउन अघि बढ्नेबारे नेताहरू एकमत भएको बताउनुभयो ।