१० असार २०८३, बुधबार

अध्यक्षमा मेरो दावी कायमै छ, घनश्यामलाई सघाउने सहमति भएको छैन : झलनाथ खनाल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले घनश्याम भुसाललाई अध्यक्षमा सघाउने सहमति नभएको स्पष्ट पार्नु भएको छ ।

आज पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रतिक्रिया दिँदै नेता खनालले आफ्नो दावी जारी रहेको बताउँदै भुसालसँग सहमति नभएको स्पष्ट पार्नु भएको हो ।

नेता खनालले आफ्नो नाममा सहमति नहुनुपर्ने कारण के छ ? भन्दै आफ्नो नाममा सहमति बन्ने बताउनुभयो ।

असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा वर्तमान अध्यक्ष माधव नेपाललाई नेता खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने तयारीमा हुनुहुन्छ ।