२१ जेष्ठ २०८३, बिहिबार

स्वरूपराज आचार्यको नयाँ गीतमा मोडल सजिना लामिछाने

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । गायक स्वरूपराज आचार्यको स्वर रहेको नयाँ गीत बजारमा आएको छ ।

आचार्यले स्वर दिनुभएको ‘सबैले छोडेर गए’ गीतमा मोडल सजिना लामिछानेको अभिनय रहेको छ । गीतमा मोडल लामिछानेलाई अर्जुन पोखरेल र दिशान्त बुढाथोकीले साथ दिनुभएको छ ।

जीपी तिमिल्सिनाको ‘सबैले छोडेर गए’ गीतमा राजीव शाहको संगीत रहेको छ । गीत ‘राजीव शाह’ नामक युट्युब च्यानलबाट बजारमा आएको हो ।

गीतमा दुई युवा साथिहरु र युवतीबीचको माया प्रेम र धोकाको विषयलाई देखाइएको छ ।

मोडल लामिछानेले यसअघि पनि दुई दर्जन बढी म्यूजिक भिडिओहरुमा अभिनय गरिसक्नुभएको छ । अझै थुप्रै गीतहरु आउने तयारीमा रहेको मोडल लामिछानेले बताउनुभयो ।

https://www.youtube.com/watch?v=P3s7N8N9TO4