२२ जेष्ठ २०८३, शुक्रबार

करेन्ट लागेर मकै गोडिरहेकी महिलाको मृत्यु, तीनजना घाइते

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूकुम, १३ असार । रूकुम पश्चिममा करेन्ट लागेर बारीमा काम गरिरहेकी महिलाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर-८ मा मकै गोड्न गएको बेला करेन्ट लागेर ६७ वर्षीया झुपादेवी रोकाको मृत्यु भएको हो । भुईँमा लत्रिएको तार छुँदा रोकाको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर ६० वर्षीया चुकी वली, ६० वर्षीया सुशीला वली र ३२ वर्षीया जमुना बुढा वली घाइते हुनु भएको छ ।