
काठमाडौं, १३ असार । गायक राजेश पायल राई मदिरा सेवन गरेर बेलाबेलामा विभिन्न हत्कण्डा मच्चाइरहनु हुन्छ । उहाँलाई मदिराले प्रहरी हिरासतमा समेत पु¥याएको छ ।
यसैबीच दुबईमा सांगितिक कायर्यक्रममा जान लाग्नु भएका राईलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै राईलाई प्रहरीको जिम्मा लगाएको हो । राई आज बिहान १० बजे फ्लाई दुबईबाट दुबई जान लाग्नु भएको थियो ।
अत्यधिक मदिरा सेवन गरेर बोडिङ पास भएपछि जहाजमा होहल्ला गरेका कारण एयरलाइन्सले प्रहरीको जिम्मा लगाएको हो । राईले अत्यधिक मदिरा सेवन गरेर जहाजमा हो-हल्ला गरी त्यहाँ पालना गर्नुपर्ने नियम पालना नगरेकाले एयरलाइन्सले प्रहरीको जिम्मा लगाएको हो । राई अहिले प्रहरीको नियन्त्रणमा हुनुहुन्छ ।








प्रतिक्रिया