२२ जेष्ठ २०८३, शुक्रबार

रिङरोड विस्तारको कार्यलाई छिटो सम्पन्न गराउन कांग्रेस नेता पौडेलले दबाब यात्रा गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले रिङरोड विस्तारका लागि दबाब यात्रा गर्नुहुने भएको छ ।

उहाँले रिङरोडको विस्तार कार्य ढिलाई भैरहेकोले पटक–पटक सरोकारवालाको ध्यानाकर्षण गराउँदा समेत कामले गति नलिएको र वेवास्ता गरिएको भन्दै यही असार १५ गते दबाब यात्रा गर्ने जानकारी दिनु भएको हो ।

काठमाडौंको रिङरोड समयमै निर्माण सम्पन्न नहुँदा धुँवा धुलोले यहाँको वातावरणदेखि स्थानीय बासिन्दा र सर्वसाधारण जनताको स्वास्थ्यमा प्रत्यक्ष रुपमा गम्भीर असर परिरहेको भनाइ पौडेलको छ । सरकारले महत्वपूर्ण परियोजनालाई अलपत्र पारेर नागरिकको स्वास्थ्यसँग खेलबाड गरिरहेको आरोप लगाउँदै नेता पौडेलले सरोकारवालालाई जिम्मेवार बनाउन दबाब यात्रा गर्ने बताउनुभयो ।

उहाँले पन्ध्र गते बिहान ७ बजे कलंकी चोकबाट यात्र सुरु गरेर स्वयम्भू, बालाजु, बसपार्क–बसुन्धरा हुँदै चाबहिल धोबिखोला पुलमा पुगी सम्बोधन सहित समापन गर्ने कार्यक्रम रहेको पौडेलको सचिवालयले जनाएको छ ।

केही दिनअघि पनि नेता पौडेलले रिङरोड विस्तारको बाँकी काम छिटो सम्पन्न गर्न आवश्यक पर्ने बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनलाई भेटेर ध्यानाकर्षण गराउनु भएको थियो ।

यस्तै, उहाँले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गसँग पनि रिङरोड विस्तारको बाँकी काम सम्पन्न गर्ने विषयमा छलफल गर्नुभएको थियो ।