२२ असार २०८३, सोमबार

भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ ।

बिहीबार बिहान सम्पन्न खेलमा भेनेजुएलाले मेक्सिकोलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेर क्वाटरफाइनलमा पुगेको हो ।

मेक्सिकोविरुद्धको जितमा खेलको ५७औं मिनेटमा सालोमोन रोनडोनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । उनले पेनाल्टीमार्फत गोल गरेका थिए ।

यो जितपछि भेनेजुएला २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ र क्वाटरफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ ।

त्यस्तै, मेक्सिकोको भने २ खेलमा ३ अंक रहेको छ र समूहमा तेस्रो स्थानमा छ ।

अब भेनेजुएलाले समूह चरणको अन्तिम खेल जुलाई १ मा जमैकासँग खेल्ने छ भने मेक्सिकोले सोही दिन इक्वेडरसँग खेल्ने छ ।