१६ असार २०८३, मंगलबार

डलर बढ्दा युरो र पाउण्डको भाउ घट्यो

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैयाँ ०२ पैसा पुगेको छ । बुधबार डलको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर १३३ रुपैयाँ ८० पैसा रहेको थियो ।

यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा रहेको छ । बुधबार युरोको खरिददर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसामा कारोबार भएको थियो ।

आज, बेलायती पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै, पाउण्डको बिक्रीदर भने १६९ रुपैयाँ ४० पैसा रहेको छ । हिजो पाउण्डको खरिददर १६९ रुपैयाँ रहँदा बिक्रीदर भने १६९ रुपैयाँ ७७ पैसा रहेको थियो ।

त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ १६ पैसा रहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसामा कारोबार भइरहेको छ ।