१० असार २०८३, बुधबार

एमाले देश बनाउने महान उद्देश्यका साथ अगाडि बढिरहेको छ : केपी ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने महान् उद्देश्यका साथ अगाडि बढिरहेको बताउनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्नुहुँदै अध्यक्ष ओलीले एमाले
गरिबी हटाउने, सुशासन कायम गर्ने, स्वाधीनताको रक्षा गर्ने, राष्ट्रको बृहत्तर हित रक्षा गर्ने पार्टी रहेको बताउनुभएको हो ।

एमालेको ध्येय नेपाली जनतालाई सुखी बनाउने रहेको स्पष्ट पार्नुभयो । उहाँले एमालेको महान् उद्देश्य सफल बनाउने यात्रामा जोडिनुभएका युवाहरूलाई यथोचित जिम्मेवारीका साथ सक्रिय बनाइने विश्वास दिलाउँदै नवप्रवेशीहरूलाई सङ्गठीत गरी सक्रिय बनाउन सम्बन्धित कमिटीलाई निर्देशन दिनुभयो ।