१६ असार २०८३, मंगलबार

प्रभु बैंक र मुस्ताङका विभिन्न होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । प्रभु बैंक लिमिटेडका कर्मचारीहरु तथा ग्राहकहरुलाई मुस्ताङस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

छुट्टाछुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा विभिन्न ११ होटलका सञ्चालक र प्रभु बैकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख/शाखा प्रमुख नरेन्द्र थकालीसहित विभिन्न शाखाका शाखा प्रम्रुखहरुले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले आवास तथा खानामा १० प्रतिशतसम्मका छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३”को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटिएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मुल नाराका साथमा बैंकिङ एंव वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, प्रभु बैंक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।