२८ असार २०८३, आइतबार

क्रिकेटर अनिल साहलाई कलैया उपमहानगरको सम्मान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १२ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अनिल साहलाई गृह नगर कलैया उपमहा नगरपालिकाले एक समारोहबीच सम्मान गरेको छ ।

साहलाई उपमहानगरले एक लाख एकहजार रुपैयाँ प्रदान समेत गरेको छ। उपमहानगरपालिकाका मेयर बिनोद साहले पूर्व घोषणा अनुसार टी– २० विश्वकमपा नेपाली राष्ट्रीय टोलीमा सहभागि कलैयाका खेलाडी अनिल साहलाई १ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो ।

कलैयामा जारी नगरसभामा खेलाडी साहलाई मेयर साह र नगर खेलकुद बिकाश समितीका संयोजक महमद समिउल्लाहले संयुक्त रुपमा खाँदा ओढाएर कदरपत्रबाट सम्मानित गर्नु भएको थियो ।