
काठमाडौं, १२ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले, मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरहरुमा मन्त्रालयले ताला लगाउने बताउनु भएको छ ।
बुधबार काठमाडौंमा आसरा सुधार केन्द्रले लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको २०२४ को अवसरमा आयोजना गरेको कार्यक्रममाउनले उपचार गर्ने नाममामहंगाहोटेल चलाएको जस्तो गरेर मापदण्ड पूरा नगरि खोलिएका रिहाव सेन्टरहरुमा ताला लगाउँने बताउनु भएको हो ।
उहाँले भन्नुभयो,‘व्यापार गर्न पाउने तपाईंको अधिकारको म सम्मान गर्दछु । तर ड्रग्समा डुबेकालाई उपचार गर्ने नाममा महंगामहंगा होटेल चलाएको जस्तो गरेर बिलमाथि बिल पठाएर मापदण्ड पूरा नगरेर भाषणहरुमा मात्र ठूला कुरा गर्नुभयो भने मन्त्रालयमा तपाईँका सेन्टरहरुमा लगाउँने तालाहरु छन् । लगाउनका लागि हामी तयार हुन्छौं । यो कुरा म एमदमै प्रष्ट गर्न चाहन्छु ।’
उहाँले सुरक्षा निकायमा गैर कानूनी रुपले आफूले कुनै अर्डर नदिने भन्दै कर्तव्य निष्ठा भएर युवायुवतीलाई विर्गान ड्रग्स सप्लाई गर्नेहरूलाई कुनै चान्स नदिई काम गर्नका लागिआग्रह गरे । मन्त्री लामिछानेले लागूऔषध दुरुपयोग निर्मूलकालागि योजना लिएर आएमा मन्त्रालयबाट सबै सहयोगको लागिप हल गर्ने विश्वास दिलाउनु भयो ।
‘मैले गृह मन्त्रालय सम्हालेपछि कुनै भागबन्डा चाहिँदैन् र कुनै घुसको रकम चाहिँदैन् । मलाई कुनै ठेक्कापट्टामा टेन्डर मिलाउनुपर्दैन् । मलाई कुनै आफन्तहरूको भर्ति गर्नुपर्छ भन्ने छैन् । तपाईँहरूको सरुवा बढुवा केहीमा पनि मलाई कुनै चासो छैन् । बस् आफ्नो कर्तव्य पालना गर्नुहोस् । आफ्नो बर्दी जोगाउनुहोस् । यो देश र युवा जोगाउँनुहोस् । मलाई केही चाहिँदैन् । कुनै गैरकानुनी अडर म दिने छैन् । उहाँले भन्नुभयो,‘मात्र कर्तव्य निष्ठ भएर काम गर्नुहोस् । जसले युवायुवतीलाई विर्गान ड्रग्स सप्लाइ गरिरहेका छन् भने तिनिहरुलाई कुनै चान्स नदिनुहोस् । सबका सबलाई जेल कोच्नुहोस् । एक जनालाई पनिबाँकी नराखे निर्मूल पार्नुहोस् । यसको लागि योजनालिएर आउँनुहोस् । बजेट छैन् भने म दिलाउँछु बजेट । कहाँ कहाँ गुहार्नुपर्छ म गुहार्छु ।’
उहाँले लागूऔषध दुरुपयोग निर्मूलको लडाइ बन्दुक नलिई लडिने लडाइ नभएको भन्दै यसका लागि मन्त्रालयले राष्ट्रिय नीतिबनाएर कडाईका साथ लागू गर्ने धारणा राख्नुभयो ।








प्रतिक्रिया