
रौतहट, १२ असार । पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका-९ सिन्दुरेघारी गाउँमा आज बिहान एक घरमा भएको आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
बुधबार बिहान साढे ७ बजे चन्द्रपुर ९ सिन्दुरेघारीका ध्रुवबहादुर सापकोटाको जस्ताले छाएको दुई तल्ले कच्ची घरमा विद्युत लाईन सर्ट भई आगलागी हुँदा पूर्णरुपमा क्षति भएको छ ।
आगलागीबाट घर र घर भित्र रहेका अन्नपात, लत्तकपडा र सिलाई मिसिन पूर्णरुपमा जलेर नष्ट हुँदा पाँच लाख ८८ हजार बराबरको क्षेति भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख बिक्रम हुमागाईंले बताउनुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट असई कृष्णनन्दन रायको नेतृत्वमा गएको ७ जनाको टोली, चन्द्रपुर नगरपालिकाको दमकल र स्थानीयहरुको सहयोगमा बिहान ८ बजेर २० मिनेटमा आगलागी पूर्णरुपमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
रौतहटस्थित सशस्त्र प्रहरी प्रमुखमा एस्पी हुमागाईं आएदेखि आगलागीलगायत विपद पीडितको उद्धार कार्यमा सशस्त्र प्रहरी निकैनै सक्रिय देखिएका छन् ।








प्रतिक्रिया