१४ असार २०८३, आइतबार

अन्तर्राष्ट्रिय क्रिकेटबाट डेभिड वार्नरले लिए सन्यास

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । अस्ट्रेलिया टी-२० विश्वकपबाट बाहिरिएपछि आक्रामक ब्याट्सम्यान डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । वार्नरले टेस्ट क्रिकेट र एकदिवसीय क्रिकेटबाट यसअघि नै सन्यास लिएका थिए ।

वार्नरले अस्ट्रेलियाका लागि ११० टी-२० खेलेका छन् । जसमा ३३.४३ को औसतमा ३ हजार २७७ रन बनाएका छन् । साथै उनले २८ अर्धशतक र एक शतकसमेत बनाएका छन् ।

यस विश्वकपमा भने वार्नरले दुई अर्धशतक बनाए । उनले ओमानविरुद्ध ५६ र बंगलादेशविरुद्ध ५३ रनको पारी खेलेका थिए ।

उनले २००९ मा दक्षिण अफ्रिकाविरुद्ध टी-२० डेभ्यु गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि ३७ वर्षीय वार्नरले फ्रेन्चाईजी टी-२० लिग भने खेल्ने बताइएको छ ।