२२ असार २०८३, सोमबार

कोपा अमेरिका : चिलीलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ ।

बुधबार बिहान सम्पन्न खेलमा चिलीलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

अर्जेन्टिनाले समूह ‘ए’मा लगातार दोस्रो जित हासिल गरेको छ । चिलीविरुद्धको जितमा खेलको ८८औं मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि समूह ‘ए’मा अर्जेन्टिनाको २ खेलमा ६ अंक भएको छ भने क्यानडाको २ खेलमा ३ र चिली र पेरुको २/२ खेलमा एकएक अंक रहेको छ ।

अब अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा जुन ३० मा पेरुसँग खेल्ने छ भने चिलीले क्यानडाको सामना गर्ने छ ।