१८ असार २०८३, बिहिबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ८० पैसा रहेको छ । मंगलबार अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८४ पैसामा कारोबार भएको थियो ।

यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३७ पैसा रहेको छ । मंगलबार युरोको खरिददर १४२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५९ पैसा रहेको थियो ।

आज बेलायती पाउण्ड एकको खरिददर १६९ रुपैयाँ रहेको छ । यस्तै, पाउण्डको बिक्रीदर भने १६९ रुपैयाँ ७७ पैसा पुगेको छ । मंगलबार पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४७ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ ९९ पैसा रहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसामा कारोबार भइरहेको छ ।