
काठमाडौं, ११ असार । उपप्रधानएवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया को–अपरेसन डायलग (एसीडी) का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भागलिई स्वदेश फिर्ता हुनुभएको छ ।
इरानको तेहरानमा सोमबार सम्पन्न बैठकमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर जानु भएका मन्त्री श्रेष्ठ स्वदेश फर्किनु भएको हो ।
स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री श्रेष्ठले छलफलमा बहुपक्षीय एवं कुटनीतिमार्फत नेपालको राष्ट्रिय हित, नीति एवं नेपालको विदेश नीतिअनुरुप नेपालमा रहेका सम्पदाको संरक्षण र संवद्र्धनका निम्ति एसिया स्वायत्त राष्ट्रको ध्याकर्षण गरेको बताउनुभयो ।
त्यस्तै, आगामी अक्टोवरमा कतारमा आयोजनाहुने एसिया सहयोग संवादको शिखर सम्मेलनको तयारी र यस संगठनको सचिवालयको सुदृढीकरणका लागि आवश्यक महत्वपूर्ण नीतिगत दस्तावेजहरू पारित गर्ने लगायतका विषयमा छलफल बैठकमा छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘एसियाली मुलुकहरुवीच एशिया सहयोग संवादको उपस्थिति, जनचासो र प्रभावकारिता विस्तार गर्ने उद्देश्य अनुरुप प्रत्येक वर्ष जुन महिनामा मनाउने बारेमा तेहरान घोषणापत्रमा उल्लेख गरिएको छ । सदस्य मुलुकहरुको सार्वभौमिकता, आन्तरिक क्षमता र भौगोलिक अखण्डतालाई सम्मान गर्दै क्षेत्रिय अन्तर आवद्धता अभिवृद्धि गर्ने, सामाजिक, सांस्कृतिकएवं जनस्तरको सम्बन्धविस्तार गर्ने लगायतका विषयहरू सो घोषणापत्रमा समेटिएको छ ।’
त्यसैगरी, मन्त्रीस्तरीय बैठकमा गाजा क्षेत्रमाउत्पन्नमानवीय संकट प्रति गहिरो चासो व्यक्त गर्दै गैरकानूनी रुपमा बन्धक बनाइएका व्यक्तिहरुको यथाशिघ्र र बिना शर्त रिहाई गर्न, युद्धग्रस्त क्षेत्रमा मानवीय सहयोग र उद्धारलाई बढवा दिन र विवादको दिगो र शान्तिपूर्ण समाधानकालागि पहल गर्न समेत उक्त घोषणापत्रमा अपिल गरिएको समेत श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया