३० असार २०८३, मंगलबार

कोशी सरकार गठनविरूद्व केदार कार्कीले दायर गरेको रिट खारेज

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । कोशी प्रदेश सरकार गठनविरूद्व सर्वोच्च अदालतमा दायर रिट खारेज भएको छ ।

न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिट खारेज गरेको हो । रिट खारेजसँगै मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले निरन्तरता पाएको छ ।

आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो । सर्वोच्चले सरकार गठन संविधानसम्मत रहेको फैसला गरेको हो ।