५ श्रावण २०८३, मंगलबार

रौतहटको १८ मध्ये १५ स्थानीय तहले ल्याए बजेट

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ११ असार । रौतहटस्थित १६ नगरपालिका, २ गाउँपालिका गरी १८ स्थानीय तह मध्ये १६ ले असार १० अर्थात नेपाल सरकार द्वारा निर्धारण गरिएको तिथि भित्रै बजेट ल्याउन सफल भएका छन् । बिभिन्न कारणले १५ मध्ये ३ नगरपालिकाले भने असार १० भित्र बजेट ल्याउन सकेनन् ।

निर्धारित तिथि असार १० गते सोमवार जिल्लाको ७ स्थानीयतहले एकैदिन नगर अधिवेशन सम्पन्न गरेको थियो । मौलापुरको अधिवेशनले शून्य कर नीति सहित ३९ करोड़को बजेट पारीत गरेको थियो भने कार्यक्रमका प्रमुख अतिथीले संघ र प्रदेशले जिम्मा लिएको काम नगर्दा नगरमाथी आर्थिकभारको आरोप लगाएका थिए ।

आमजनता पार्टीका अध्यक्ष संघीय सांसद प्रभु साहको प्रमुखआतिथ्यमा मौलापुर नगरपालिकाको आठौं बजेट अधिवेशन सम्पन्न भएको थियो । मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह र प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले संयुक्त रूपमा ३९ करोडको बजेटको वाचन गर्नु भएको थियो ।

परोहा नगरपालिकाका मेयर शेख वकीलले नगर सभामा ४८ करोड ४४ लाख १९ हजार १ रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। दोस्रो पटक निर्वाचित भएका मेयर वकीलले नगरवासीको प्रत्यक्ष लाभ हुने गरी योजना ल्याउनु भएको हो ।

नगरपालिकाको प्रत्येक वडाका कमतीमा ५० जना गरीव असहायलाई प्रतिमहीना १० किलो चामल उपलब्ध गराउने , आश्रय नभएका व्यक्तिलाई संघ, प्रदेश र पालिकाको सहयोगमा आवास टहराको व्यवस्थापन गरिने, नगरपालिकाभित्रका सबै घरपरिवारलाई निःशुल्क रुपमा ग्याससहित चुलो वितरण गरी कार्तिक मसान्तमा धुवामुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएको प्रमुख प्रशासकीय अधिकृत महमद महफुज अहमदले बताउनु भएको छ ।

त्यस्तै गुजारा नगरपालिकाको नगरसभा सोमवार सम्पन्न भएको छ। मेयर सन्तलाल चौधरी र उपमेयर रत्ना लामाले आर्थिक बर्ष २०८१/०८२को लागि ५७ करोड ६८ लाख,६३ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।

माधवनरायण नगरपालिकाका नगर प्रमुख बैधनाथ प्रसाद यादव ९बैजुयादवको अध्यक्षतामा भएको नगरसभाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । कार्यक्रममा नगर उपप्रमुख निर्मला रमणले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र ४९ करोड ७४ लाख ७२ हजार बजेट ल्याउदै ९औँ अधिवेशन भव्ययाताका साथ सम्पन्न भएको छ ।

दुर्गा भगवती गाउँपालिकाका गाउँसभाका अध्यक्ष श्री शम्भु कुमार सिंहले आगामी आ.व. २०८१/०८२ को लागि नीति तथा कार्यक्रम सहित जम्मा ३७ करोड ६५ लाख ५६ हजारको बजेट प्रस्तुत गर्नु भएको थियो । अधिवेशनले शिक्षा, स्वास्थ भौतिक पूर्वाधार संगै प्रत्यक्ष रूपमा नागरिक लाभान्वित हुने योजनाहरू प्राथमिकतामा राखेको प्रमुख प्रशासकिय अधिकृत परमानन्द पाठकले बताउनुभयो ।

जिल्लाको पूर्विभेग राजदेवी नगरपालिकाको १२ औ नगर अधिवेशन सोमबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष राम अयोध्या राय यादवको प्रमुख आतिथ्यमा भएको नगर अधिवेशनमा नगरप्रमुख भिखारी प्रसाद यादवले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४८ करोड १० लाख ९६ हजारको बजेट प्रस्तुत गर्नु भएको छ ।

त्यस्तै गढीमाई नगरपालिकाको को ११ औँ नगरसभा सम्पन्न भएको छ। नेपाली कांग्रेस मधेश प्रदेशका सभापती कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेसनमा मेयर श्याम प्रसाद यादवले आर्थिक बर्ष २०८१/०८२ को लागि ५९ करोड ५०, लाख, एक हजार रुपैयाको बजेट प्रस्तुत गर्नुभयो ।

कटहरिया, गौर, चन्द्रनिगाहुर, वृन्दावन, गुजरा, राजपुर, गरुडा, ईशनाथ नगरपालिका र यमुना माई गाउँपालिकाले यस अघिनै बजेट ल्याइसकेको छ।

१८ मध्ये ३ वटा पालिकाले असार १० गतेसम्म बजेट ल्याउन सकेको छैन। बौधिमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवले एकलौटी गर्न खोजेको भन्दै उपमेयर प्रमिला कुमारी जैसवाल सहित बहुमतले असार १० गते आयोजित नगरसभा बिथोलेको थियो।

मेयर यादवले असार १० गते राती १२ बजे बिना बहुमतको नगरसभा गरेको खबर प्राप्त भएको छ। तर त्यस्तो नगरसभाको कुनै औचित्य नहुने उपमेयर जैसवालको दाबी रहेको छ । देवाही गोनाही नगरपालिका र फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि बिच बजेटको भागबण्डा नमिलेको कारण नगर अधिवेशन आयोजना हुन सकेको छैन ।