२२ जेष्ठ २०८३, शुक्रबार

कोपा अमेरिका : ब्राजिल कोस्टारिकासँग बराबरीमा रोकियो

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । जारी कोपा अमेरिका फुटबलमा ब्राजिलले औसत सुरुवात गरेको छ ।

मंगलबार बिहान सम्पन्न खेलमा ब्राजिल कोस्टारिकासँग गोलरहित बराबरी खेलेको हो ।

समूह ‘डी’अन्तर्गतको यस खेलको ९० मिनेटसम्मको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि एकएक अंक बाँडेका छन् ।

समूह ‘डी’अन्तर्गत आजै सम्पन्न खेलमा कोलोम्बियाले पराग्वेलाई २-१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

कोलोम्बियाको जितमा डानिएल मुनोज र जेफेरसन् लेर्माले एकएक गोल गरेका थिए भने पाराग्वेका लागि जुनिलो एन्सिसोले एक गोल गरेका थिए ।

यो जितपछि कोलोम्बियाले महत्वपूर्ण ३ अंक हासिल गरेर शीर्ष स्थानमा रहेको छ भने ब्राजिल र कोस्टारिकाको एकएक अंक रहेको छ ।

अब ब्राजिलले दोस्रो खेल जुन २९ मा पराग्वेसँग खेल्ने छ भने कोलोम्बियाले सोही दिन कोस्टारिकासँग खेल्ने छ ।