
सुर्खेत, १० असार । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनतालाइ जति बुझाउन सकिन्छ लोकतन्त्र त्यति नै बलियो हुने बताउनु भएको छ।
दैलेखको गुराँस गाँउपालिकाको १४ औँ गाँउसभालाइ सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले जनतालाई समाजको परिस्थिति र आवश्यकता जति धेरै बुझाउन सक्यो त्यसले लोकतन्त्र र गणतन्त्र थप मजबुद बनाउने बताउनु भएको हो ।
नेकपा एमाले स्थायी कमिटी सदस्यसमेत रहनु भएका मुख्यमन्त्री कँडेलले आफनो पार्टी नेतृत्वको सरकारले विकासका सन्दर्भमा जनतालाई वास्तविकता बुझाएर अघि बढने र विकासलाई सबैको साझा बनाउन अभियान थाल्ने जानकारी दिनुभयो।










प्रतिक्रिया