२३ जेष्ठ २०८३, शनिबार

जीबी राईको पक्राउका लागि म पनि व्यग्र प्रतिक्षामा छु : गृहमन्त्री

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई फर्काउन नेपाल र मलेसिया कानुनी परामर्शमा रहेको बताउनु भएको छ ।

गृहमन्त्री लामिछानेले प्रतिनिधि सभाको बैठकमा जीबी राई पक्राउ गर्न सरकार प्रयत्नशिल रहेको बताउँदै जीबी राईलाई नेपाल ल्याउन कानूनी कठिनाइ भैरहेको बताउनु भएको हो ।

उहाँले जीबी राई पक्राउको विषयमा आफू पनि व्यग्रप्रतिक्षामा रहेको बताउँदै छिटै उनलाई नेपाल ल्याइने बताउनु भएको हो । उहाँले अदालत र राहदानी विभागले जीबी राईको राहदानी रोक्का गर्न अस्वीकार गरेको संसदमा जानकारी दिनुभयो ।