
काठमाडौं, १० असार । गायक राजेशपायल राईको नयाँ गीत ‘मेरो मनको सारङ्गी’ सार्वजनिक भएको छ ।
सरिता लिङ्देनको शब्द रहेको गीतमा मन्जु मितेरीले संगीत भर्नुभएको छ । गीतमा गायक तथा संगीतकार बादल लिम्बुको एरेन्ज रहेको छ ।
नेत्र नेपाली रेकर्डिस्ट रहेको गीतको भिडिओमा राजेशपायल स्वयम् फिचर्ड हुनुहुन्छ ।
रोमान्टिक शैलीमा गाइएको यो प्रेम गीतलाई मुन्धुम स्टुडियोले बजारमा ल्याएको हो ।









प्रतिक्रिया