२० जेष्ठ २०८३, बुधबार

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ६३ करोड बढी बजेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ६३ करोड ७० लाख २५ हजार रूपैयाँको बजेट ल्याएको छ ।

उपमेयर सुनिता डंगोलले १५औं नगरसभामा बजेट पेश सार्वजनिक गर्नु भएको हो ।

महानगरले आर्थिक विकास क्षेत्रका कार्यक्रमका लागि १९ करोड ९ लाख रुपैयाँ, कार्यालय सञ्चालन र प्रशाससनिक क्षेत्रका लागि ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार, पूर्वाधार विकासका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ विनियोजन गरेको छ ।