१ असार २०८३, सोमबार

कांग्रेसले पार्टीमाथि लागेका दागहरु सफा गर्न आवश्यक छ : गगन थापा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले पार्टीमाथि लागेको फोहोरका दागहरु सफा गर्न आवश्यक रहेको बताउनु भएको छ ।

आज काठमाडौंमा आयोजित स्वर्गीय नन्दप्रसाद शिवाकोटीको स्मृतिसभा तथा पुस्तक विमोचन समारोहमा उहाँले कांग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक रहेको भन्दै फोहोर सफा गर्न ऐनामा लागेको फोहोर मेटेर नहुने बताउनु भयो । यस्तै, पार्टीमा ठूलो योगदान पु¥याएका तर स्मरण नगरेको स्वर्गीय नन्दप्रसाद जस्ता पात्र खोज्ने कार्यलाई पार्टीले द्रुत गतिमा अगाडि बढाउँने पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘पार्टीमा ठूलो योगदान गरेको तर कँही न कहीँ हामीले स्मरण नगरेको नन्दप्रसाद जस्तो पात्र खोज्ने हामीले निर्णय पनि गरिसकेका छौं । यसलाई द्रुत गतिमा अगाडि बढाउँछौ । कांग्रेस भित्रको फोहोर हामीले सफा गर्नुपर्ने छ । कांग्रेस भित्रको फोहोर सफा गर्नका निम्ति ऐना अगाडि उभिएर ऐनामा लागेको फोहोर मेटेर आफूभित्र लागेको दागहरु सफा हुँदैन ।’

उहाँले कांग्रेस भित्र रहेको जोस र जाँगरका कारणले मात्र देशमा परिवर्तन सम्भव भएको दाबी गर्नुभयो ।