२३ जेष्ठ २०८३, शनिबार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

8.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

सोमबार सुन प्रतितोला ३ सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर प्रतितोला १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।