३० असार २०८३, मंगलबार

कोपा अमेरिका : उरुग्वेको विजयी सुरुवात

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । उरुग्वेले जारी कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ ।

समूह ‘सी’अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा उरुग्वेले पानामालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वेको जितमा म्याक्सिमिलियानो अराउजो, डर्विन नुनेज र माटियास भिनाले एक एक गोल गरेका थिए ।

त्यस्तै, पानामाका लागि एक गोल माइकल अमिर मुरिलोले गरेका थिए ।

यो जितपछि उरुग्वेले समूह ‘सी’मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ र शीर्ष स्थानमा रहेको छ ।

अब उरुग्वेले दोस्रो खेलमा जुन २८ मा बोलिभियाको सामना गर्ने छ भने पानामाले सोही दिन अमेरिकासँग खेल्ने छ ।