२४ जेष्ठ २०८३, आइतबार

डलरको भाउ स्थिर, युरो घट्दा पाउण्डको मूल्य बढ्यो

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंककाअनुसार सोमबार अमेरिकी डलर आइतबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २४ पैसा रहेको छ । आइतबार युरोको खरिददर १४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसामा कारोबार भएको थियो ।

आज, बेलायती पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४१ पैसा रहेको छ । आइतबार पाउण्डको खरिददर १६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६९ रुपैयाँ २७ पैसा रहेको थियो ।

त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ ९६ पैसा रहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसामा कारोबार भइरहेको छ ।