२१ असार २०८३, आइतबार

छाउगोठमा किशोरी बलात्कृत भएको घटनाबारे जवाफ दिन सरकारलाई रूलिङ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काटमाडौं, ९ असार । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अछामको पञ्चदेवल नगरपालिका–२ मा एक छाउगोठमा किशोरी बलात्कृत भएको घटनामा जवाफ दिन सरकारलाई रूलिङ गर्नुभएको छ ।

आज राष्ट्रियसभा बैठकमा सांसदहरूले छाउगोठमा किशोरी बलात्कृत भएको विषयमा उठाएका प्रश्नको जवाफ दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई अध्यक्ष दाहालले रुलिङ गर्नुभएको हो ।

“आकस्मिक समय, शून्य समयलगायत जुन समयमा माननीय सदस्यहरूले विषय उठाउनु हुन्छ, ती विषयहरु सधैँजसो सम्बन्धित मन्त्री कहाँँ पठाउने पनि गरेका छौँ । हरेक दिन पठाएका छौँ । यहाँ उठेका विषयहरूका बारेमा जवाफ दिन मन्त्रीहरूको कार्यतालिका नै हामीले दिइसकेका छौँ । यी सबै विषयमा हामीले गम्भीर ढंगले रुलिङ गरेर ध्यानाकर्षण गराएका छौँ । आज उठेका विषयहरू जो छन्, अछामको छाउपडीको विषयमा, जुन विषय उठेको छ, त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु । सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु,” अध्यक्ष दाहालले भन्नुभयो ।