
काठमाडौं, ९ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले केही व्यक्तिहरूले गरेको अपराधले सिंगो संस्थालाई नै बदनाम गर्ने गरेको बताउनु भएको छ ।
आइतबार काठमाडौंमा आयोजित ‘सहकारी रोजगार मेला २०८१’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहकारीको योगदानलाई भुलेर केही व्यक्तिहरूले गरेको अपराधले सिंगो संस्थालाई नै बदनाम गराउँने काम भइरहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘नेपालमा सहकारीको मूल्य मान्यता अनि नेपालमा सहकारीको माध्यमबाट भइरहेको विकास, लाखौं मानिसको रोजगारी सहकारी हो । सहकारीले जुन आफूसँग उत्पादन भएको उत्पादनलाई बजारमा लिएर जानको लागि ठूलो सहयोग ग¥यो । हामीले यी कुराहरुलाई चटक्कै बिर्सन्छौ र समाजमा रहेका केही मानिसहरु जो औंलाले गन्दा भ्याउने छन् । त्यो क्षेत्रमा आएर अपराध गर्छन् । अनि सबैले संस्थालाई नै बदनाम गर्नेतिर लाग्छन् । र बदनाम गर्न संघ संस्था महासंघहरु खुलेर नै लागि पर्छन् ।’
उहाँले अहिले एउटा जमात सहकारी ठगी गर्ने थलो भनेर मात्र बहस गर्न व्यस्त र अर्को अवैध सम्पति कसरी लुकाउन सकिन्छ भनेर सहकारीकै बदनाम गर्ने प्रयासमा लागिरहेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले एउटा जमात सहकारी ठगी गर्ने थलो भनेर मात्र बहस गर्न व्यस्त । अर्को जमात आफूहरुले राखेका अवैध सम्पति कसरी लुकाउन सकिन्छ भनेर सहकारीकै बदनाम गरिरहने प्रयासमा लागिरहेका छन् । त्यसैले सहकारीले यो देशको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि के कस्तो योगदान पु¥याएको छ । सुसूचित गराउन आवश्यकछ ।,’









प्रतिक्रिया