
काठमाडौं, ९ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताउनु भएको छ।
आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले वार्ताबाट समस्या समाधान गर्नुपर्ने बताउनु भएको हो ।
उहाँले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताबाट अविलम्व सकारात्मक निष्कर्ष साथ समाधान गर्नुपर्नेमा जोड दिनुभयो । संघीय संसद सचिवालयका कर्मचारी केही दिनयता सेवा सुविधाको मागसहित आन्दोलनमा हुनुहुन्छ ।








प्रतिक्रिया