
काठमाडौं, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले काठमाडौँमा रहेको घण्टा घरको घडी मर्मत गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
सांसद शाहले घण्टा घरले अहिले समय देखाउन छोडेको बताउँदै उहाँले स्थानीय र केन्द्रीय सरकारको ध्यानाकर्षण गराउनु भएको हो । उहाँले घण्टा घर राजधानीको सान मात्र नभएर देशको ऐतिहासिक धरोहर पनि भएकाले मर्मत गर्न ध्यानाकर्षण गराउनुभयो ।
उहाँले यसलाई समयमा मर्मत नगरेमा धरोहरले गणतन्त्र र संघियतालाई जिस्काइरहने धारणा राख्नुभयो ।








प्रतिक्रिया