
काठमाडौं, ९ असार । नेपली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले सहकारी ठगि प्रकरणमा फरार रहेका जीबी राईलाई भगाउन लोकेशन पत्ता लाग्यो भनेर गृहमन्त्रीले भनेको हो भन्दै प्रश्न गर्नु भएको हो ।
प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले गृहमन्त्री रबि लामिछानेले जीबी राईको लोकेशन पत्ता लाग्यो भनेर गोपनीय सूचना सार्बजनिक गरेको आरोप लगाउनु भएको हो । गृहमन्त्रीले जीबी राईको लोकेशन पत्ता लाग्यो भनेर भगाउन खोजेको हो की यो पक्राउ गर्ने नयाँ तरिका हो ? भन्दै प्रश्न गर्नु भएको छ ।
शर्माले सूर्य दर्शन सहकारीका ठगीका आरोपीमध्ये एक जना जीबी राई फरार रहेको र अर्को गृहमन्त्री रहेको उल्लेख गर्दै गृहमन्त्रीले सहकारी ठगीमा फरार रहेका व्यवसायिक साथीलाई पक्राउ गर्न किन समय लाग्यो ? भन्दै प्रश्न गर्नु भएको छ ।
उहाँले मलेसियाबाट कसैलाई पनि पक्राउ गरेर नेपाल ल्याउन सुपुर्दगी सन्धि आवश्यक नपर्ने बताउनुभयो । उहाँले गृहमन्त्रीले काम नगरेर स्टन्ट गरिरहेको टिप्पणी गर्नुभयो ।
महामन्त्री शर्माले सहकारी ठगी प्रकरणको छानबिनमा आशंका रहेको जिकिर गर्नु भएको छ । उहाँले छानबिनमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गरिएको जनाउँदै गृहमन्त्रीले संसदमा झुट बोलेको आरोप लगाउनुभयो ।









प्रतिक्रिया