२३ जेष्ठ २०८३, शनिबार

टर्कीलाई हराउँदै पोर्चुगल युरोकपको नकआउट चरणमा

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । पोर्चुगल जारी युरोकपको नकआउट चरणमा पुगेको छ ।

गएराति सम्पन्न समूह ‘एफ’अन्तर्गतको खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।

पोर्चुगलको जितमा बेर्नान्डो सिल्भा र ब्रुनो फर्नानडेजले एकएक गोल गरेका थिए भने एक गोल टर्कीका सामेत अकायदिनले आत्मघाती गोल गरेका थिए ।

यो पोर्चुगलको लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि २-१ को जित हासिल गरेको थियो ।

समूह ‘एफ’मा २ खेलमा दुवै जितसहित ६ अंक हासिल गर्दै पोर्चुगल नकआउट चरणमा पुगेको छ ।

त्यस्तै, टर्कीको २ खेलमा ३ अंक रहेको छ र समूहमा दोस्रो स्थानमा रहेको छ ।

अब पोर्चुगलले समूह चरणको अन्तिम खेलमा जर्जियासँग जुन २७ मा खेल्ने छ भने सोही दिन टर्कीले चेक रिपब्लिकसँग खेल्ने छ ।